Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ओलीका सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापालाई कोरोना पुष्टि

    ओलीका सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापालाई कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १७ असोज २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पोजेटिभ देखिएको छ ।

    रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत कोरोना पुष्टि भएको  जानकारी गराएका छन् ।



    उनले ट्विटरमा भनेका छन्– ‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।’



    थापाले फेसबुकमा भनेका छन्– ‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।’

    शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको थापा स्वयम्ले जानकारी दिए । थापाले आफ्नो सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

    पछिल्लो २४ घण्टामा नेपालमा २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार