Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विष्णुलाई जन्मदिनको शुभकामना दिँदै साम्पाङले भने – लाइक र कमेन्टले मोबाइल ह्याङ होस्

    विष्णुलाई जन्मदिनको शुभकामना दिँदै साम्पाङले भने – लाइक र कमेन्टले मोबाइल ह्याङ होस्

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 633
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले व्यंग्यात्मक रूपमा जन्मदिनको शुभकामना दिएका छन् ।

    आफूलाई ‘बौलाहा’को संज्ञा दिएका उपमहासचिव रिमाललाई सामाजिक सञ्जालमा लाइक र कमेन्ट सोचेजति आओस् भन्दै मेयर साम्पाङले जन्मदिनको शुभकामना दिएका हुन् ।



    धरानतिरचैँ एउटा बौलाहा टाइपको मेयर छ, है। काम त अब राम्रै गर्‍या होला। धरानबाहिर पपुलर छ, धरानभित्र कति छ, थाहा छैन रिमालले यस्तो बोलेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । अहिले फेरि साम्पाङले रिमालको जन्मदिनको अवसर पारेर त्यही विषयमा कटाक्ष गरेका हुन् ।



    ‘जन्मदिनको शुभकामना विष्णु रिमालजी, लाइक र कमेन्टले मोबाइल ह्याङ होस्, सोचेजति मान्छेकोमा कन्टेन्टको इङ्गेज पुगोस्’, साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि पनि जन्मदिनको शुभकामना।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार