Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उपकुलपतिको कार्यकक्षमा ताला लगाउँदै मेयर हर्कको चेतावनी – खोल्ने आँट नगरून्

    उपकुलपतिको कार्यकक्षमा ताला लगाउँदै मेयर हर्कको चेतावनी – खोल्ने आँट नगरून्

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 864
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।

    सोमबार शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन् ।



    उनले आफूलाई लगाएको ताला अरूलाई नखोल्न चेतावनी दिएका छन् । आवश्यक परे आफैँ खोल्ने उनको भनाइ छ ।



    ‘उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगरून् । आवश्यक परे म आफैँ आएर खोल्छु,’ उनले भने ।

    तालाबन्दीपछि सामाजिक सञ्जालबाट उनले उपकुलपति ढिलो नगरी निकास दिन आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार