Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हर्क साम्पाङको गुनासो – कोकाहाको पानी ल्याउँदा दुनियाँले बधाइ दिए, धरानका दलहरुले मुद्दा लाए

    हर्क साम्पाङको गुनासो – कोकाहाको पानी ल्याउँदा दुनियाँले बधाइ दिए, धरानका दलहरुले मुद्दा लाए

    तपाईंको सुखमा सबै होलान्, दुःखमा म छु : बालेन

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफू दुःखमा साथ दिन तयार टिप्पणी गरेका छन् ।

    आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा सबैले बधाई दिएको तर धरानका राजनीतिक दले उल्टै मुद्दा हालेको गुनासो गरेपछि काठमाडौंका मेयर बालेनले यस्तो टिप्पणी गरेका हुन् ।



    मेयर साम्पाङले लेखेका छन्, ‘पसिनाको भेल बगाएर अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाइ दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नू ।’



    धरानका मेयर साम्पाङको पोस्टमा प्रतिक्रिया जनाउँदै बालेन आफू दुःखमा साथ दिने बताएका हुन् ।

    ‘केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर, केही फरक पर्दैन । तपाईं यति अगाडि पुगिसक्नु भो कि, पछाडि जसले जे बोले पनि फरक पर्दैन । सुखमा सबै साथ होलान्, दुःखमा हामी छौँ, म छु, सधैँ हुनेछौँ,’ बालेनले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार