Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौं र पोखरापछि धरानमा पनि मेयर साम्पाङले रोके ‘आदिपुरूष’को प्रदर्शन

    काठमाडौं र पोखरापछि धरानमा पनि मेयर साम्पाङले रोके ‘आदिपुरूष’को प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 831
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भारतीय चलचित्र आदिपुरुष प्रदर्शनमा रोक लगाउने निर्णय गरेका छन् ।

    मेयर साम्पाङले सामाजिक संजालमा स्टाटस राख्दै धरानमा आदिपूरुषको प्रदर्शन नगर्न आग्रह गरेका हुन्।



    मेयर साम्पाङले लेखेका छन्,’धरानमा आदिपूरुषको प्रदर्शन नगर्नु होला ! जय देश !’



    यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले पनि आदिपुरूषसहित सबै भारतीय चलचित्र प्रदर्शन नगर्न हलहरूलाइ पत्राचार नै गरेको छ।

    दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए ।

    आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले आजदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका छन् । रामायणको तथ्यलाई बंगाएर कथा तोडमोड गरेको भन्दै आदिपुरुषको भारतमा पनि आलोचना भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार