Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बालेनलाई हर्कको ढाडस, भन्छन् – नडराउनुस् हजुरको साथमा म छु

    बालेनलाई हर्कको ढाडस, भन्छन् – नडराउनुस् हजुरको साथमा म छु

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 765
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले ढाडस दिएका छन् ।

    आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन । अदालतले आफूलाई अपराधी बनाएको भन्दै शाहले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेपछि साम्पाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाए ।



    साम्पाङले ट्वीटरमा लेखेका छन्, ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं ।’ आइतबार साँझ सामाजिक सञ्जालमा बालेनले आजबाट आफू तारिखमा रहेको लेखेका थिए ।



    ‘आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार