Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण

    टोपबहादुरविरूद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले उपमहासचिव रिमालले भने – निर्दोष नफसून्, दोषी नउम्किऊन्

    टोपबहादुरविरूद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले उपमहासचिव रिमालले भने – निर्दोष नफसून्, दोषी नउम्किऊन्

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 555
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्न उम्कने अवस्था आउन नहुने बताएका छन् ।

    सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव रिमालले यस्तो बताएका हुन् ।



    उपमहासचिव रिमालले लेखेका छन्, ‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन्। उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसून्, कोही दोषी नउम्किऊन् । छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ। यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ।’



    उपमहासचिव रिमालले नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्ने र दोषी उम्कने अवस्था आउन नहुने बताए ।

    पार्टी सचिव टोपबहादुर रायमाझीविरूद्ध नै पक्राउ पुर्जी जारी भएपछि उपमहासचिव रिमालले छानबिनमा सहयोग गर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार