Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रहरी हिरासतमा रहेका टोपबहादुरको मुटुमा देखियो समस्या, अस्पताल भर्ना

    प्रहरी हिरासतमा रहेका टोपबहादुरको मुटुमा देखियो समस्या, अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 762
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

    मुटुको चालमा समस्या आएपछि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।



    रायमाझीलाई २४ घन्टा निगरानीमा राखेर उपचार गरिने छ । उनको पल्स घट्ने तथा रक्तचाप घट्ने बढ्ने भइरहेको बताइएको छ ।



    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार राति उक्त सेन्टरमा भर्ना गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार