Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • रायमाझीको बयान – छोरा पक्राउ परेपछि सम्पर्कविहीन भएको हुँ, ईन्द्रजितलाई नै बढी भेट्थेँ

    रायमाझीको बयान – छोरा पक्राउ परेपछि सम्पर्कविहीन भएको हुँ, ईन्द्रजितलाई नै बढी भेट्थेँ

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 714
    SHARES

    काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझीले छोरा पक्राउ परेपछि मन बिग्रिएकाले केही अवधि सम्पर्कविहीन भएको बयान दिएका छन् ।

    नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले उनका छोरा सन्दीप रायमाझीलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो । त्यसपछि आफूलाई पनि पक्रेर हतकडी लगाउँछन् भन्ने डरले लुकेको उनले प्रहरीलाई बयान दिएका हुन् ।



    आफू प्रहरीको सम्पर्कमा आउने तयारी गर्दैगर्दा प्रहरीले समाते उनले दिएको बयानमा उल्लेख छ ।



    ‘मेरो छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ । सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ। कदम रोकिएको मात्र हो, आफैं सम्पर्कमा आउने क्रममा थिएँ,’ उनले दिएको बयनमा उल्लेख छ ।

    यस्तै आफूले सिंहदरबादर जाँदा इन्द्रतिज राईसँग बढी भेट्ने गरेको उनको बयान छ । ‘इन्द्रजित राई मैले पहिलेदेखि चिनेका व्यक्ति हुन्। काम विशेषले गृह मन्त्रालय जाँदा मैले प्रायः इन्द्रजित राईलाई नै बढी भेट्ने गरेको थिएँ,’ उनले बयानमा भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार