Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • थुनामा रहेका एमाले नेता रायमाझी अस्पतालबाट डिस्चार्ज

    थुनामा रहेका एमाले नेता रायमाझी अस्पतालबाट डिस्चार्ज

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 579
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।



    मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिए ।



    “उहाँको स्वास्थ्यस्थितिको ४८ घण्टा अब्जर्भ गर्दा सामान्य देखियो”, उनले भने, “मुटुको चाल पनि विस्तारै सामान्य भयो, त्यसैले हिजो राति डिस्चार्ज गरिएको हो ।”

    मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार