Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ओलीका सल्लाहकारको लापरबाहीले १५० जनामा कोरोनाको जोखिम

    ओलीका सल्लाहकारको लापरबाहीले १५० जनामा कोरोनाको जोखिम

    अनलाइन नेपाल
  • शनिबार, १७ असोज २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारको चरम लापरवाहीका कारण नेकपाका १ सय ५० भन्दा बढी कार्यकर्ता कोरोनाको जोखिममा परेका छन् ।

    प्रधानमन्त्री ओलीका परराष्ट्र मामिलाका सल्लाहकार राजन भट्टराईको गैरजिम्मेवार व्यवहारका कारण यस्तो अवस्था आएको थाहा भएको छ ।



    शुक्रबार बिहान प्रधानमन्त्री कार्यालयका कार्यरत सुरक्षाकर्मी तथा सल्लाहकार लगायतको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वास्थ्य प्रोटोकल अनुसार स्वाब दिएका व्यक्ति क्‍वारेन्टिनमा बस्नुपर्ने थियो ।



    तर प्रम ओलीका सल्लाहकार राजन भट्टराई भने शुक्रबार दिउँसो १ सय ५० जना भन्दा बढी उपस्थित कार्यक्रममा सहभागी भएका थिए । धुम्बाराहीस्थित स्काई बेंक्‍वेटमा नेकपाका कार्यकर्ता बोलाई कार्यक्रम गरेका हुन् ।

    तर शनिबार आएको रिपोर्टमा  प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराइको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । उनीसँगै प्रधानमन्त्रीका मुख्य सल्लाहकार  बिष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीमा समेत कोरोना पुष्टि भएको छ ।

    भट्टराईमा कोरोना देखिएसँगै शुक्रबार कार्यक्रममा सहभागी सबैले पीसीआर परीक्षण गर्नुपर्ने भएको छ । स्वास्थ्य प्रोटोकल अनुसार संक्रमितको सम्पर्कमा आएकाले पीसीआर परीक्षण गर्नुको साथै होम क्‍वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

    पछिल्लो समय नेपालमा तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री सल्लाहकार जस्तो जिम्मेवारीपूर्ण पदमा बसेका भट्टराईले चरम लापरबाही गर्दा ती सबै कार्यकर्ता संक्रमणको जोखिममा परेको हो ।

    कार्यक्रममा सहभागी नेकपाका एक कार्यकर्ताले भट्टराईको यो व्यवहारलाई जिम्मेवार पदमा बसेका व्यक्तिको गैरजिम्मेवार प्रवृत्ति भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार