Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

फेरी सुरू हुदै ‘मुन्द्रेको कमेडी क्लब’, अध्यक्षमा अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं । काेराेना कहरबाट प्रशारण बन्द भएकाे ‘मुन्द्रेको कमेडी क्लब’ दशैं अघि नै प्रशारणमा आउने भएकाे छ ।

‘मुन्द्रेको कमेडी क्लब’ मा अब अध्यक्षको भूमिकामा सदबहार ब्युटी अभिनेत्री करिश्मा मानन्धर देखिने भएकी छिन् । अब प्रसारणमा आउने नयाँ भागबाट उनी देखिन लागेकी हुन् । जुन भूमिका यसअगाडि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला देखिँदै आएकी थिइन् ।

करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ आफु देखिन लागेको जानकारी दिएकी छन् । जीतु नेपालको आग्रहमा आफू शोमा आबद्ध भएको बताएकी उनले ‘शो’ मा अध्यक्षको भूमिका आफ्ना लागि नौलो भएको बताएकी छन् ।

लकडाउनका कारण बन्द भएको यो सो फेरि सुरु हुन लागेको हो । नेपाल टेलिभिजनबाट प्रशारण हुने शो शनिबार र आइतबार गरेर ४ भाग छायाँकन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077