Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युनाइटेड अरब इमिरेट्समा एक लाख बढी कोरोना संक्रमित

    युनाइटेड अरब इमिरेट्समा एक लाख बढी कोरोना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 2.9K
    SHARES

    एजेन्सी । नेपाली श्रमिकहरुको ठूलो संख्या रहेको खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) मा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ ।

    युएईको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या एक लाख ७९४ पुगेको र तीमध्ये ४२१ जनाको मृत्यु भएको जनाएको छ ।



    पछिल्ला दुई महिनामा दैनिक संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । गत अगष्ट ३ का दिन १६४ जना नयाँ संक्रमित रहेकामा गत शनिबार एकै दिन एक हजार २३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।



    अधिकारीहरुले आम मानिसले सामाजिक दूरी कायम नगरेका कारण संक्रमितको संख्या बढेको बताएका छन् । सरकारले युएईका सातमध्ये कुन इमिरेट्समा सबैभन्दा बढी बिरामी भेटिए भन्ने खुलाएको छैन ।

    मंगलबार एक हजार ६१ नयाँ संक्रमित भेटिएका थिए भने ६ जनाको मृत्यु भएको थियो । युएईमा प्रतिव्यक्ति परीक्षण निकै उच्च छ । सरकारले हालसम्म एक करोडभन्दा बढी परीक्षण गरिसकेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार