Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको सिबीआईका पूर्वप्रमुखले गरे आत्महत्या

एजेन्सी । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई)का पूर्व प्रमुख अश्वनीकुमारले आत्महत्या गरेका छन्। उनको शव शिमलास्थित घरमा फेला परेको हो । प्रहरीले घटनास्थलबाट अश्वनीकुमारको सुसाइड नोट पारेको छ। सुसाइड नोटमा ‘आफ्नो अपांगताका कारण यस जीवनलाई समाप्त पारिरहेको र नयाँ जीवनतर्फ बढिरहेको’ उल्लेख गरिएको छ।

परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार अश्वनीकुमारले दिउँसो मन्दिर गएका थिए भने साँझमा ध्यान पनि गरेका थिए। साँझको बेला उनका छोराबुहारीले बाहिरबाट फर्कँदा बन्द कोठाभित्र डोरीमा झुण्डिएको अवस्थामा उनलाई फेला पारेका थिए।

उनी सन् २००८ र २०१० को बीचमा सिबीआई प्रमुख बनेका थिए भने त्यसपछि उनी मणिपुर र नागाल्याण्डका गभर्नर पनि बनेका थिए। त्यसपछि उनी एपिजी गोयल शिमला विश्वविद्यालयको कुलपति पनि भएका थिए। त्यहाँबाट २०१८ मा अवकाश लिएका थिए। उनी हिमाञ्चल प्रदेश, सिबीआई तथा प्रधानमन्त्रीलाई सुरक्षा दिने सरकारी एजेन्सी एसपिजीको महत्वपूर्ण पदमा थिए।
परिवारका अनुसार त्यस दिन अश्वनीकुमार हिँडेर काली माताको मन्दिर गएका थिए र साँझ ध्यान गरेका थिए। जुन साँझ उनका छोरा र बुहारी पनि हिँड्नकै लागि बाहिर गएका थिए।

जब उनीहरू घर फर्किए तब ढोका भित्रबाट बन्द गरिएको थियो। ढोका फोरेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए। परिवारले पनि अश्वनीकुमारको मृत्युमा कसैको षडयन्त्र शंका गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077