Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हरिवंश आचार्य भन्छन् – कोरोनालाई चाँडै पराजित गर्नेछु

    हरिवंश आचार्य भन्छन् – कोरोनालाई चाँडै पराजित गर्नेछु

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । चर्चित हाँस्य कलाकार हरिवंश आचार्यले चाँडै कोरोनालाई पराजित गरेर फर्कने बताएका छन् ।

    उनले आफ्नो सामाजिक संजालमा लेख्दै सम्पर्कमा आएका सबैको रीपोर्ट नेगेटिभ आएको बताएका हुन् ।



    “म सँग धेरै नै नजिकमा संपर्कमा रहिरहने मदन दाई, घरमा छोरा बुहारी सब्बैको रिपोर्ट नेगेटिभ आएकोले धेरै हलुका महसुस भएको छ ।” उनले लेखेका छन् “म र श्रीमती घरमा केही पनि लक्षण बिना होम आइसोलेसनमा मै छौ ।



    तपाईंहरुको अशिर्बादले मनोबल निक्कै उच्च छ । चाडै कोरोनालाई पराजित गर्नेछु । तपाईंहरु पनि सुरक्षित रहनुहोला धन्यवाद ।”

    गत मंगलवार उनले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । सामान्य लक्षण देखिए पछि आचार्य र उनकी श्रीमती रमिलाले पिसिआर टेस्ट गरेको र मंगलबार आएको रीपोर्टमा उनीहरु दुबैलाई कोरोना संक्राण भएको जनाएको थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार