Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • ‘मौसम परिवर्तनसँगै लाग्ने रुघाखोकीलाई पनि कोरोना भन्ने अवस्था आयो’

    ‘मौसम परिवर्तनसँगै लाग्ने रुघाखोकीलाई पनि कोरोना भन्ने अवस्था आयो’

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 4.3K
    SHARES

    काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकी लागेकालाई कोरोना भाइरस (कोभिड-१९ )संक्रमणको जोखिम रहने वताएका छन्।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मौसम परिवर्तनसँगै लाग्ने रुघाखोकीलाई  कोभिड-१९ को आशंका गर्नुपर्ने अवस्था आएको वताए ।



    डा. गौतमले भने, ‘मौसममा परिवर्तन भएको अवस्था छ। जाडो बढ्दै गएको छ। जाडो याममा हिमाल, पहाड, तराई क्षेत्रमा बसोबास गर्ने वृद्धवृद्धा, बालबच्चा, रुघाखोकी र निमोनियाले विगतदेखि नै सताउँदै आएको छ।



    कोरोना संक्रमणका लक्षण र चिसो याममा देखिने रुघाखोकी छुट्याउन गाह्रो हुन्छ।’

    गौतमले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा संक्रमणदर उच्च हुने खतरा रहेको बताए। उनले चाडपर्वमा जो जहाँ हुनुहुन्छ त्यहीं बसेर चाडपर्व मनाऔं भन्दै अपिल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार