Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोरोनाविरुद्ध खोपको अनुसन्धान गर्ने कारिको र वेसमानलाई नोबेल पुरस्कार

    कोरोनाविरुद्ध खोपको अनुसन्धान गर्ने कारिको र वेसमानलाई नोबेल पुरस्कार

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकलाई प्रदान गरिएको छ ।

    कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका वैज्ञानिकहरू डा. क्याटलिन कारिको र डा. ड्रु वेसमानले यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका हुन् ।



    सन् २०१९ मा कोरोना सुरु भए पनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि नै अनुसन्धानमा खटिएका थिए । एमआरएन प्रविधि क्यान्सरसहित अन्य रोगविरुद्धको खोप विकासमा लागि समेत भइरहेका अनुसन्धानमा प्रयोग भएको छ ।



    कोरोना महामारीका कारण विश्वमा झण्डै ७० लाख बढी मानिसहरूको मृत्यु भएको थियो । वैज्ञानिकहरूले कोभिडविरूद्ध विभिन्न किसिमका खोप बनाएका थिए।

    जसमामध्ये फाइजर, मोडेर्नाजस्ता खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरिएको थियो। कोरोनाविरुद्धको खोपले लाखौँ मानिसको ज्यान जोगाउन सफल भएको समेत नोबेल कमिटीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार