Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कोभिड खोप शोधकर्ता कारिको र वेसम्यानलाई नोबेल पुरस्कार

    कोभिड खोप शोधकर्ता कारिको र वेसम्यानलाई नोबेल पुरस्कार

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । यो वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिन प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्।

    ती वैज्ञानिक हुन् काटालिन कारिको र ड्रू भाइस्मान। कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो।



    तर, महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौंलाई दिइयो। अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ। खोपले मानिसको प्रतिरक्षा प्रणालीलाई भाइरस वा ब्याक्टेरियाबाट हुने खतरा चिन्न र त्यसविरुद्ध लड्न तालिम दिन्छ।



    कमजोर भाइरस वा भाइरसको प्रोटिनको मुख्य टुक्रा प्रयोग गर्ने परम्परागत खोपविपरीत ‘एमआरएनए’ प्रविधिले आनुवंशिक अणुहरू प्रदान गर्छ जसले कोषहरूलाई कुन प्रोटिन बनाउने भनेर बताउनुका साथै संक्रमणको अनुकरण गर्छ र वास्तविक भाइरसको सामना गर्न प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार