Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • नोबेल पुरस्कार विजेता युनुसलाई जेल सजाय

    नोबेल पुरस्कार विजेता युनुसलाई जेल सजाय

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 456
    SHARES

    एजेन्सी। बंगलादेशका नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा.मुहम्मद युनुसलाई ६ महिनाको जेल सजाय सुनाइएको छ ।

    बंगलादेशको श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा सोमबार अदालतले उनलाई जेल सजाय सुनाएको हो।



    युनुसका समर्थकहरूले जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।



    न्यायाधीशले युनुससहित अरू ३ जनालाई ग्रामीण टेलिकमको कामका क्रममा कानुन उल्लङ्घन गरेको अभियोगमा ६ महिनाको साधारण जेल सजाय भोग्नुपर्ने छ।

    फैसला सुनाउँदा ८३ वर्षीय युनुस अदालतमा उपस्थित थिए । न्यायाधीशले उनीहरूलाई जनही २५ हजार टाका जरिवाना तिर्नुका साथै थप १० दिन जेलमा बस्नु पर्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार