Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

    नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 363
    SHARES

    एजेन्सी । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको निधन भएको छ ।

    ८ अप्रिलमा ९४ वर्षको उमेरमा हिग्सको निधन भएको हो । हिग्सले ५० वर्षसम्म एडिनबर्ग विश्वविद्यालयमा अध्यापन गराएका थिए ।



    हिग्सको दृष्टि र कल्पनाले नै मानव जातिले यो ब्रम्हान्डबारे आफ्नो ज्ञान समृद्ध गर्न सकेको विश्वविद्यालयले जनाएको छ ।



    उनले गड पार्टिकल खोजेका थिए । यसले बिग ब्याङ पछि ब्रह्माण्डको सृष्टि कसरी भयो भन्ने बुझाउन मद्दत गरेको थियो ।

    सन् २०१३ मा हिग्स–बोसन सिद्धान्तको लागि उनले बेल्जियमका फ्रान्कोइस एङलर्टको साथमा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा पाएका थिए ।

    सन् १९६० को दशकमा हिग्स र अन्य भौतिकशास्त्रीहरूले ब्रह्माण्ड कुन चिजले बनेको छ भनेर बुझाउने प्रयास गरे ।

    यस प्रयासमा उनले भौतिकशास्त्रको आधारभूत प्रश्नको उत्तर खोजे । सन् २०१२ मा वैज्ञानिकहरूले यसलाई हिग्स बोसन नाम दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार