Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि, १० जनामा संक्रमण

    नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि, १० जनामा संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 633
    SHARES

    काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको हो ।



    नेपालमा अहिले मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि वृद्धि हुँदै गएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।



    साथै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डाको पालन गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन अनुरोध पनि गरेको छ ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै कोभिड–१९ का लक्षण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न आग्रह गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार