Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कोरानाको व्यवस्थापनलाई ‘डाउनग्रेड’ गर्दै चीन, जनवरीदेखि क्वारेन्टिनमा बस्न नपर्ने

    कोरानाको व्यवस्थापनलाई ‘डाउनग्रेड’ गर्दै चीन, जनवरीदेखि क्वारेन्टिनमा बस्न नपर्ने

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 717
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरोना संक्रमणको नयाँ लहर बढिरहे पनि चीनले कोभिड-१९ को कडाइलाई कम गर्ने भएको छ । आगामी वर्षको जनवरी ८ देखि कोभिड-१९ को ‘क्लास ए’ व्यवस्थापनलाई ‘क्लास बी’मा झार्ने तयारी गरिएको राष्ट्रिय स्वास्थ्य आयोगले घोषणा गरेको हो ।

    आगामी ८ जनवरीदेखि चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्नुपर्ने छैन । त्यस्तै, अब कोभिड-१९ का बिरामीहरूलाई समेत क्वारेन्टाइनको आवश्यकता पर्ने छैन ।



    कोभिड-१९ व्यवस्थापनलाई ‘डाउनग्रेड’ गरिसकेपछि संक्रमणका आधारमा उच्च जोखिम क्षेत्रहरू पनि वर्गीकरण नगरिने आयोगले बताएको छ । सन् २०२०को मार्च महिनायता चीन जाने सबै विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम थियो ।



    यद्यपि क्वारेन्टिमा बस्नुपर्ने अवधि सुरुमा तीन हप्ता रहे पनि त्यसलाई घटाउँदै पाँच दिनमा कायम गरिएको थियो । चीन सरकारले केही दिनयता लगातार कोभिडसँग सम्बन्धित प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार