Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कर्मचारीलाई कोरोना देखिएपछि मन्थली नगरपालिकाकाे सेवा बन्द

    कर्मचारीलाई कोरोना देखिएपछि मन्थली नगरपालिकाकाे सेवा बन्द

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 2.8K
    SHARES

    रामेछाप । रामेछापकाे मन्थली नगरपालिका कार्तिक २ गते सम्मका लागि शिल गरिएको छ ।

    नगरपालिकाका कर्मचारी सहित २० जना कोरोना भाइरसकाे संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय कार्तिक २ गते सम्मका लागि बन्द गरिएको नगर प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।



    साथै उनका अनुसार नगरपालिकाका केही कर्मचारीमा कोरोना पुष्टि भएकाले विपद् र फोहोरमैला बाहेकका सबै सेवा बन्द गरिएको छ ।



    स्वास्थ्य कार्यालय रामेछापका अनुसार मंगलबार मन्थली नगरपालिका, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखा, विद्यालयका कर्मचारी र केही व्यवसायी गरी २० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

    नगरपालिकाले संक्रमित सबैलाई होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार