Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्राध्यापकमाथि आक्रमण गर्ने नेविसंघका नेता कहाँ लुकेर बसेका छन् ?

    प्राध्यापकमाथि आक्रमण गर्ने नेविसंघका नेता कहाँ लुकेर बसेका छन् ?

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथी मंगलबार साङ्घातिक आक्रमण भयो । मंगलबार बिहान करिब १० बजेर १५ मिनेट जाँदा उनीमाथी विश्वविद्यालय परिसरमै आक्रमण भएको हो ।

    चलाउनेको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अहिले मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ । प्रध्यापक चलाउनेमाथि नेवि संघकै नेताहरुले आक्रमण गरेको खुलेको छ ।



    उनीमाथि नेपाल विद्यार्थी संगठनका त्रिभुवन विश्व विद्यालय समिति अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावलले सांघातिक आक्रमण गरेका थिए  । उनीहरु विरुद्ध प्रहरीमा उजुरी परेको छ ।



    काठमाडौं प्रहरीका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार आक्रमण गर्ने विरुद्ध कीर्तिपुर प्रहरीमा किटानी जाहेरी परेको छ । दुई आक्रमणकारीलाई प्रहरीले खोजी गरिरहेको छ ।

    हरि आचार्य र  योगेन्द्र रावल काँग्रेसकै नेताहरुको संरक्षणमा रहेको स्रोतको भनाइ छ।

    कुटपिटमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सिराहा घर भएका रुपेश शाह र रविन लामालाई पक्राउ भने पक्राउ गरिसकेको छ। उनीहरुले नेविसंघका नेताको निर्देशनमा प्राध्यापकलाई कुटेको बयान प्रहरीलाई दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार