Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नेविसंघका नेताको निर्देशनमा प्राध्यापकमाथि कुटेर फरार भएका दुई जना पक्राउ

    नेविसंघका नेताको निर्देशनमा प्राध्यापकमाथि कुटेर फरार भएका दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई विश्वविद्यालय परिसरमा निर्घात कुटेर भागेका  दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सिराहा घर भएका रुपेश शाह र रविन लामालाई पक्राउ गरेको हो। त्रिवि समाजशास्त्र केन्द्रिय विभागका प्राध्यापक चलाउनेलाई उनीहरुले असोज २० मा निर्घात कुटेर भागेका थिए ।



    रुपेश र रविन दुवै त्रि–चन्द्र क्याम्पसका विद्यार्थी हुन् ।  रुपेशलाई सूर्यबिनायकबाट पक्राउ गरेपछि उनको बयानको आधारमा रविनलाई सिराहाबाट परिसरको टोलीले पक्राउ गरेको हो।



    उनीहरुले नेविसंघका नेताको निर्देशनमा प्राध्यापकलाई कुटेको बयान प्रहरीलाई दिएका छन् । प्राध्यापक चलाउनेको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार