Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोशीमा नयाँ सरकार आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र

    कोशीमा नयाँ सरकार आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 303
    SHARES

    विराटनगर । कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन् ।

    एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकार विहीनताको अवस्थामा रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेका हुन्।



    एमाले र माओवादीका नेताहरूले संयुक्त रूपमा बुझाएको पत्रमा भनिएको छ,‘समर्थन फिर्ता गरेको ३० दिन भइसकेको र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिएकाले सरकार विहीनताको अवस्था सृजना भयो । त्यसैले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइयोस्।’



    पत्रमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएर स्वतः पदमुक्त भइसकेको दाबी गरिएको छ । गत २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

    समर्थन फिर्ता लिएको ३० दिन अर्थात २५ वैशाखसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिएका कारण उनी स्वत: पदमुक्त भएको भन्दै एमाले र माओवादीले नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।

    पत्र बुझिसकेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले आफू संविधान, ऐन र कानुन अनुसार अघि बढ्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार