Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोना संक्रमणको दर बढेपनि शिक्षण संस्थाहरु भने तत्काल बन्द नहुने !

    कोरोना संक्रमणको दर बढेपनि शिक्षण संस्थाहरु भने तत्काल बन्द नहुने !

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । देशभर कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नहुने भएका छन् ।

    सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् ।



    आज मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।



    कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा शिक्षण संस्था कसरी सञ्चालन गर्ने भन्नेबारे सरोकारवालाहरुसँग छलफल आयोजना गरिएको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए।

    छलफलमा सहभागी एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाका अनुसार विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका सबै प्रावधानलाई कडाइका साथ लागू गरेर शिक्षण संस्था सुचारु राख्न सबै पक्ष सहमत भएका छन् ।

    आजै बस्ने मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा केही महत्वपूर्ण निर्णय गर्नसक्ने स्रोतले बताएको छ।

    छलफलमा सहभागी नेपाल नगरपालिका संघका अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष र सामुदायिक विद्यालय केन्द्रीय महासंघका अध्यक्षहरुले सयुक्त रुपमा विद्यालय मात्र बन्द गर्ने सरकारी निर्णय उपयुक्त नभएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार