Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

११ थान भरुवा बन्दुकसहित १० जना पक्राउ

बागलुङ । प्रहरीले ११ वटा भरुवा बन्दुक सहित १० जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले बुधवार राति उनीहरुलाई बागलुङको तमानखोला गाउँपालिका-२ बाट पक्राउ गरेको हो ।

उनीहरुको घरमा भेटिएका हतियार बिना इजाजत राखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

उनीहरुलाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गरेर धौलागिरी अस्पतालमा पीसीआर परीक्षणसमेत गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

परीक्षणको रिपोर्ट नआएसम्म उनीहरु क्वारेन्टाइनमा राख्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077