Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश-१ मा आज थपिए ४६८ काेराेना संक्रमित

    प्रदेश-१ मा आज थपिए ४६८ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रदेश नं। १ मा पछिल्लो २४ घण्टाको अवधिमा ४६८ कोरोना सङ्क्रमित थपिएका छन् ।

    सो अवधिमा गरिएको एक हजार ४४५ जनाको पीसीआर परीक्षणमा १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेशकोसामाजिक विकास मन्त्रालयले जनाएको छ ।



    विराटनगरमा १३४ सहित मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई/दुई, भोजपुर र ताप्लेजुङमा एक/एक र प्रदेश बाहिरका १२ जनामा सङक्रमण पुष्टि भएको छ ।



    प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७०२ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रदेशमा आज २२१ जना सङक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म पाँच हजार ५६१ पुगेको छ । हालसम्म एक लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार