Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ

काठमाडाैँ । यूएईमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइनमार्फत सट्टेबाजी खेलाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मन्जित्र साह र २८ वर्षीय अपजर अली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कार्तिक २ गते राति साढे ११ बजे बिराटनगर महानगरपालिका–१६ स्थित भट्टीमोड बस्ने साहलाई पक्राउ गरेको हो । उनले फोनमार्फत आईपीएल खेल हार्ने वा जित्ने भनी अनलाइनमार्फत सट्टाबाजी गर्ने गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनीहरुका साथबाट २८ हजार ५ सय रुपैयाँ, ३ थान मोबाइल, ३ वटा डायरी र र को १८ प ६८८९ नम्बरको पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077