Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कोरोना संक्रमितको उपचार खर्च आफैले व्यहोनुपर्ने निर्णयप्रति नेपालको आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार खर्च आफैले व्यवहोनुपर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले सरकारको यस्तो निर्णयले नागरिक थप मारमा परेको बताएका छन्।

उनले विज्ञप्तीमा लेखेका छन्, ‘संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ।

यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन। त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय हो।’

उनले महामारीको समयमा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएका छन्। साथै उनले विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077