Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

काेराेना संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री गुरूङ

काठमाडौ । कोरोना संक्रमितको निःशुल्क उपचार गर्नबाट संघीय सरकार पन्छिएपछि प्रदेश सरकारहरुले धमाधम काेराेना संक्रमितकाे निःशुल्क रुपमा गर्ने निर्णय गरिरहेका छन् ।

त्यसै अनुरूप गण्डकी प्रदेशले पनि काेराेना संक्रमितको उपचार निःशुल्क रुपमा गर्ने निर्णय गरेकाे छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताए।

‘यसअघि जसरी उपचार भइरहेको छ। हाम्रो प्रदेशमा त्यसैगरी अघि बढ्छ। शुल्क तिराउने लिने पक्षमा छैनौँ,’ उनले भने।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ६७ पुगेको छ। त्यसमध्ये ५४ जना संक्रमितको मृत्यु भएको छ।

तीन हजार ६ सय ५ जना निको भएर घर फर्किको गुरुङले जनाए । यसअघि लुम्बिनी प्रदेश र प्रदेश-१ सरकारले काेराेना संक्रमितको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077