Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

२५ सय ५० एम्फुल लागूऔषधसहित १ जना पक्राउ

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले अवैध लागू औषधसहित १ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रौतहटकाे गरुडा नगरपालिका-८ का २७ वर्षीय हरिराम महरा रहेका प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका महराकाे साथबाट प्रहरीले नाईट्राभेट पन्ध्र सय पिस ट्याबलेट, नुफिन लेखिएको आठ सय पचास पिस, फेनारगन लेखिएको आठ सय पचास पिस र डाईजेपाम लेखिएको आठ सय पचास पिस गरी जम्मा पच्चिस सय पचास एम्फुल लागूऔषध बरामद् गरिएकाे प्रहरीले जनाएकाे छ।

वीरगंजबाट नारायणघाटका लागि छुटेकाे ना ६ ख ८९३८ नम्बरकाे बसमा सवार यात्रु तथा सामानहरु चेक गर्ने क्रममा बसको पछाडि सिटमा बसेका महारा पक्राउ परेका हुन् ।

उनले आफ्नो साथमा बोकि ल्याएको झोला भित्र लिकाई छुपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077