Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • फ्रान्समा एकैदिन थपिए ४१ हजारभन्दा बढी कोरोना संक्रमित

    फ्रान्समा एकैदिन थपिए ४१ हजारभन्दा बढी कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ७ कार्तिक २०७७
  • 3.8K
    SHARES

    एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ ।

    फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।



    यो संख्या सँगै यहाँ उक्त कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।



    अधिकारीहरुका अनुसार यस संक्रमणबाट फ्रान्समा करिब १० लाख संक्रमित पुगेका छन् । यहाँ गएको २४ घन्टामा १६५ जनाको निधन पनि भएको छ ।

    योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३५ हजार २१० जना पुगेका छन् । यहाँ गत हप्ता मात्र १० हजार १६६ जना संक्रमित अस्पताल भर्ना भएका छन् ।

    तीमध्ये १ हजार ६२७ जनालाई आइसियुमा भर्ना गरिएको छ । अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको संक्रमण निकै दु्रत गतिमा बढ्दै गएको बताएका छन् ।

    यसलाई यहाँका अधिकारीहरुले दोस्रो चरणको वेभ आएको हो कि भनेर पनि विश्लेषण गरिरहेका अधिकारीहरुले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार