Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश १ मा थपिए २ सय २२ जना कोरोना संक्रमित

    प्रदेश १ मा थपिए २ सय २२ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । प्रदेश १ मा शनिबार २ सय २२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

    सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार मोरङमा १ सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना गरी २२२ जना कोरवना संक्रमित थपिएका छन् ।



    विराटनगरमा मात्रै १ सय ५ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरङको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनवर्षी, लेटाङ र जहदामा २-२, केराबारी, रंगेली र बेलबारीमा १-१ जनाको रिपोर्ट पोजिटिभ आएको छ।



    प्रदेश १ मा शनिबार ८ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १०५ महिला र १ सय १७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ५९ हजार ७ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार