Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक करोड रुपैयाँसहित ३ जना हुण्डी काराेबारी काठमाडौँबाट पक्राउ

काठमाडौँ । एक करोड रुपैयाँसहित ३ जना हुण्डी काराेबारी काठमाडौँबाट पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।

हुण्डी कारोबार गर्ने ती तीन जनालाई प्रहरीले काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हाे ।

केन्द्रीय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको बताए । हुण्डी कारोरबारीमाथि अनुसन्धान भइरहेकाे ब्यूरोले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077