Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भारतीयलाई नागरिकता दिन सिफारिस बनाइदिएका वडाध्यक्ष धरौटीमा रिहा

    भारतीयलाई नागरिकता दिन सिफारिस बनाइदिएका वडाध्यक्ष धरौटीमा रिहा

    अनलाइन नेपाल
  • मंगलबार, १८ कार्तिक २०७७
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । भारतीयलाई नागरिकता दिन सिफारिस बनाइदिएका वडाध्यक्ष धरौटीमा रिहा भएका छन्।

    सिफारिस बनाइदिएको आरोपमा पक्राउ परेका कैलालीको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशी धरौटीमा रिहा भएका छन् ।



    सोमबार जिल्ला अदालत कैलालीले वडाध्यक्ष जोशीलाई २५ हजार धरौटीमा रिहा गरेको हो । वडाध्यक्षसँगै पक्राउ परेका अन्य तीन जनामध्ये एक जनालाई साधारण तारेखमा छोडिएको छ भने दुई जना कारागार चलान भएका छन् ।



    वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिक विष्टले जानकारी दिए । वडाध्यक्ष जोशी १४ कात्तिकमा पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार