Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारतीयलाई नेपाली नागरिकता दिने वडाध्यक्षसहित पाँचजनालाई पक्राउ गर्न आदेश

    भारतीयलाई नेपाली नागरिकता दिने वडाध्यक्षसहित पाँचजनालाई पक्राउ गर्न आदेश

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 435
    SHARES

    काठमाडौं । भारतीयलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्नेदेखि सर्जमिनमा बसेका वडाध्यक्षसहित पाँचजनालाई पक्राउ गर्न आदेश जारी भएको छ ।

    सप्तरी जिल्ला अदालतले नागरिकता सिफारिस गर्ने डाक्नेश्वरी नगरपालिका– ३ का वडाध्यक्ष भागेश्वर यादव र सर्जमिनमा बसेकाहरूलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।



    केही वर्षदेखि मामाघर डाक्नेश्वरी बस्दै आएका भारत बिहार राज्यको मधुवनी जिल्लास्थित फुलपरासनिवासी धीरज मुखियालाई नागरिकता बनाइदिन गत ८ पुसमा फुलियादेवी मुखियाले वडा कार्यालयको सिफारिस र सर्जमिनसहित इलाका प्रशासन कार्यालय बोदेबरसाइन पुगेकी थिइन् ।



    नागरिकता प्रक्रिया अघि बढ्नै लाग्दा शंका लागेर सोधपुछ गरेपछि दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान गर्न गत पुस ११ गते जिल्ला अदालतले नागरिकतासम्बन्धी कसुरमा सात दिन म्याद थप गरेको थियो ।

    अनुसन्धानकै क्रममा पक्राउ परेका दुवैलाई शुक्रबार पुर्पक्षका लागि कारागार पठाइएको छ भने हाल फरार
    रहेका वडाध्यक्ष र सर्जमिनमा बसेकाहरूलाई पक्राउ गर्न आदेश जारी भएको इलाका प्रहरी कार्यालय कडरबोनाकाले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार