Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बारामा वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता

    बारामा वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 672
    SHARES

    बारा । निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ ।

    नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो ।



    उनले ना .प्र.नं ३३–२–७९–००५१३ को नागरिकताको प्रमाणपत्र पाएकी छिन् ।



    वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) की छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत जेठ २४ गते सिफारिस पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार