Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश एकमा थपिए ३ सय ६३ कोरोना संक्रमित

    प्रदेश एकमा थपिए ३ सय ६३ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, १८ कार्तिक २०७७
  • 1.9K
    SHARES

    विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६३ कोरोना सङ्क्रमित थपिएका छन् ।

    उक्त अवधिमा गरिएको एक हजार ८५ जनाको पिसिआर परीक्षणमा १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।



    सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमा मोरङमा १५६ मध्ये विराटनगरमा १२०, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा आठ, धनकुटा र इलाममा दुईदुई, पाँचथर, भोजपुर र तेह्रथुममा एकएक र प्रदेश बाहिरका १२ जना छन् । प्रदेशमा संक्रमितको संख्या २० हजार १५४ पुगेको छ ।



    विभिन्न अस्पताल तथा आइसोलेसननबाट आज १६० संक्रमित निको भई घर फर्केका छन् । उनीहरुको संख्या हालसम्म ११ हजार ७३६ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रदेशमा हालसम्म एक लाख ६३ हजार ४९९ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार