Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘अमेरिकी निर्वाचनमा चलखेल भएको प्रमाण छैन’

    ‘अमेरिकी निर्वाचनमा चलखेल भएको प्रमाण छैन’

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 3.7K
    SHARES

    एजेन्सी। अमेरिकी राष्ट्रपतीय मतगणनामा अहिलेसम्म कुनै विदेशी शक्तिले कुनै चलखेल गरेको प्रमाण नभएको गृह मन्त्रालयका प्रमुख साइबर सुरक्षा अधिकारीले बताएका छन्।

    क्रिस्टोफर क्रेब्सले एउटा वक्तव्यमा ‘कुनै विदेशी शक्तिले अमेरिकी नागरिकलाई मतदान गर्न रोक्ने वा मतगणना परिवर्तन गर्ने क्षमताको प्रमाण’ नरहेको बताएका छन्।



    अमेरिकी जासुसी संस्थाहरूले सन् २०१६ को निर्वाचनमा रुसले चलखेल गर्न खोजेको निष्कर्ष निकालेका थिए।



    ‘हामी अहिले भइरहेको मतगणना र नतिजा प्रमाणीकरणसम्म कुनै बाधा नआओस् भनेर चनाखो रहने छौँ,’ क्रेब्सले भने।

    अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ।

    जो बाइडनले आफ्नो महत्त्वपूर्ण अग्रता देखिएपछि भने, ‘जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।’

    राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सिल्भेनिया र जोर्जिआमा मतगणना रोक्न माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ।

    त्यसअघि सो समूहले विस्कन्सिनमा पुनः मतगणना माग्ने जनाएको थियो। बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार