Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कर्णालीमा १५ सयले गरे सशुल्क कोरोना परीक्षण

    कर्णालीमा १५ सयले गरे सशुल्क कोरोना परीक्षण

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 2.8K
    SHARES

    काठमाडाैँ । कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ ।

    प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क दुई हजार रूपैयाँ तिरेर १ हजार ५३२ जनाले पीसीआर परीक्षण गरेको पाइएको हो ।



    प्रदेश अस्पताल सुर्खेतमा एक हजार ४०६, दैलेख अस्पतालमा ८८ र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ३८ जनाले सशुल्क पीसीआर परीक्षण गरेका छन् ।



    सशुल्क परीक्षण गरेपनि अस्पतालहरुले उपचार खर्चमा भने कुनै शुल्क लिएका छैनन् । प्रदेश अस्पतालका कोरोना स्रोत व्यक्ति डा. नवराज केसीले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको निःशुल्क परीक्षण गरिरहेको बताए । लक्षण नदेखिएका एवं परीक्षण गरेर आफै ढुक्क हुन चाहनेहरुले शुल्क तिर्ने गरेको उनको भनाइ छ ।

    कर्णालीमा प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल, चौरजहारी सामुदायिक अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पिसिआर परीक्षण हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार