Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लागूऔषधसहित पक्राउ परेकालाई छुटाउन कास्की प्रहरीमा चलखेल

कास्की। एक महिना अघिमात्र लागूऔषधसहित पक्राउ परेकालाई जोगाउन कास्की प्रहरीमा चलखेल भएको समाचार छ।

लागूऔषध ओसारपसार र बिक्री बितरण हुदै छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा असोज १७ गते कास्की तुम्केस्थितमा बाटोमा हिडिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको जनाएको थियो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं १६ जोगमणी बस्ने बर्ष २१ को समिर गुरुङ,अथित गुरुङ,मोहित खवास,  मनोज बिक र कुमार ठकुरी रहेका थिए ।

उनीहरुको साथबाट डाईजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल गरी जम्मा २१ एम्पुल र लागुऔषध गाँजा १ के.जी २२३ ग्राम बरामद गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले वताएका थिए ।

उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ म्याद थप गरी थप अनुसन्धान भईहेको डिएसपी हमालले वताएका थिए ।

डिएसपी हमालले उक्त मुद्दा अनुसन्धानकै क्रममा रहेको र काठमाडौंबाट रिपोर्ट आइनसकेको अनलाइन नेपालसँग बताएका थिए।

तर, बिहीवार नै सरकारी वकिलको कार्यालयमा प्रहरीले छिटोछिटो रिपोर्टसहितको राय पठाइसकेको हुँदा यसमा चलखेलको आशंका गरिएको छ।

कास्की प्रहरीले उक्त मुद्दालाई छिटो सकाउने गरी सरकारी वकिलको कार्यालयमा फाइल पेश गरेको हुँदा चलखेल भएको प्रहरी स्रोतको भनाइ  छ।

स्रोतका अनुसार कोरोनाका कारण देखाएर छिटोछिटो मुद्दा सकाउन लागिएको छ।

मुद्दामा सेटिङ गर्न काठमाडौंबाटै पुरी थरका एक डिएसपीले  प्रहरी बिधी बिज्ञान प्रयोगशालाबाट छिटोछिटो प्रतिबेदन पठाउन लगाएर सहयोग गरेको कास्की प्रहरीभित्रै चर्चा चल्न थाल्केको छ।

उनी ईन्स्पेक्टर छँदा  कास्की ट्राफिक प्रहरीको प्रमुख भएर काम गरेका थिए। जुन कुरा पक्राउ परेकाहरुकै आफन्तले बाहिर हल्ला गरेका थिए।

यसअघि पनि भदौ २६ गते पोखरा महानगरपालिका–९ पृथ्वीचोकको एक पसलबाट लागूऔषधसहित पक्राउ परेका क्षितिज  तुलाचनलाई राजनीतिक दबाब आएपछि कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले छाड्न आदेश दिएर बिबादमा तानिएका थिए ।

पृथ्वीचोकमा तुलाचन फेन्सी सञ्चालन गर्दै आएका क्षितिज तुलाचनलाई बैदामबाट खटिएको सादा पोसाकको प्रहरीले च्यानल बनाउँदै पसलमा पुगेको थियो।

लागूऔषध किन्ने बहानामा पुगेको प्रहरीले तुलाचनलाई केही रकम दिएर लागूऔषध  किनेको थियो र उनलाई पक्राउ गरेको थियो।

तर, पक्राउ परेको केही समयमै तुलाचन बैदाम प्रहरीबाट छुटेर पसल पुगेपछी स्थानिय बासिन्दाहरु नै चकित परेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077