Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वमन्त्री बास्कोटाले भने-नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहनेगरी सचिवालय पुर्नगठन गरौं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहनेगरी सचिवालयको पुर्नगठन गर्नुपर्ने बताएका छन् । नेकपाका नेता बास्कोटाले आइतबार एक ट्विट गर्दै यस्ताे बताएका हुन्।

पार्टीको सचिवालयमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया अगाडि सानुपर्ने उनका भनाइ छ।सचिवालयमा नयाँ पुस्ताको नेताहरुको बाहुल्यता रहनेगरी पुर्नगठन भएमा दुई कार्यकालको झन्झटपूर्ण खेल खत्तम हुनेमा पूर्वमन्त्री बास्कोटाले बताए ।

‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहनेगरी सचिवालयको पुनर्गठनबाट सुरु गरौं,’ उनले लेखेका छन्, ‘कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खतम ।’

प्रधानमन्त्रीनिकट मानिने पूर्वमन्त्री बाँस्कोटाले दुई दिनअघि मात्र नेपालमा संघीयता खाँचो नभएको र द्वन्द व्यवस्थापनको लागि संघीयता मानिदिनु परेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077