Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अब सबै एक हुनुपर्छ, यो उपचारको समय हो: बाइडेन

    अब सबै एक हुनुपर्छ, यो उपचारको समय हो: बाइडेन

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 2.8K
    SHARES

    एजेन्सी । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले सम्बाेधनका क्रममा अब सबै एकजुट हुनुपर्ने बताएका छन्। बाइडेनले आफ्नो गृह राज्य डेलावेरमा पुगेर सम्बोधनका क्रममा यस्ताे बताएका हुन्

    पूर्व उपराष्ट्रपतिसमेत रहेका बाइडेनले यो अब एकले अर्कोलाई सुन्ने समय भएको बताएका छन्। यो कठोर वक्तव्यबाजी गर्ने समय नभएको उल्लेख गर्दै बाइडेनले यसलाई तनाव कम गर्ने र एकले अर्कोलाई सुन्ने समय भएको बताएका छन्।



    यसअघि उनले हालका राष्ट्रपति रिपब्लिकन पार्टीका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको पक्षमा मत हाल्नेहरुलाई एकता र मेलमिलापको सन्देश पठाएका छन्।



    डेलावेरको सम्बोधनमा उनले अब देशलाई रेड एन्ड ब्लु स्टेटका रुपमा नहेरिने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार