Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश-१ मा थपिए २१९ काेराेना संक्रमित, ६०० जना संक्रमण मुक्त

    प्रदेश-१ मा थपिए २१९ काेराेना संक्रमित, ६०० जना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 3.4K
    SHARES

    विराटनगर । प्रदेश-१ मा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

    पछिल्लो २४ घण्टाकाे अवधिमा गरिएको ९७६ जनाको पीसीआर परीक्षणमा ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



    थपिएकामा मोरङगमा १०३ मध्ये विराटनगरमा ४८, सुनसरीमा ४८, झापामा ३३, तेह्रथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई/दुई पाँचथर, भोजपुर र खोटाङमा एक/एक र प्रदेश बाहिरका १४ जना रहेका छन् ।



    योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ८८४ पुगेको छ । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ६०० जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

    हालसम्म घर फर्किनेहरुको सङ्ख्या १४ हजार १७३ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७० हजार ९५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार