Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आत्महत्या गर्छु भन्दै ‘सुसाइड नोट’ नै लेखेर बेपत्ता भए चिकित्सक

काठमाडौं । एक चिकित्सकले फेसबुकमा सुसाइट नोट पोस्ट गरेर बेपत्ता भएका छन्।

भक्तपुरको ठिमी स्थित द डेन्टल सिटिका निर्देशक डा. दिगम्बर झा बेपत्ता भएका हुन् ।

उनले आफ्ना बाबु, आमा र दिदीका कारण आफूले आत्महत्या गर्न गइरहेको बताउँदै सुसाइड नोट लेखेर बेपत्ता भएका हुन् ।

अंग्रेजीमा लेखिएको उक्त सुसाइड नोटमा बाबा, दिदी र आमाले तनाब दिएको उल्लेख छ । यस बारेमा अन्य जानकारी प्राप्त हुन सकेको छैन ।

डाक्टर झा आज बिहानदेखि बेपत्ता भएका हुन। उनले बिहान करिब ७ बजेतिर फेसबुकमा आफू आत्महत्या गर्न गएको भन्दै लामो सुसाइड नोट समेत पोस्ट गरेका छन्। बिहान ५ बजेतिर निस्किएका उनको खोजीमा प्रहरी लागेको छ।

भक्तपुर र काभ्रे प्रहरी यतिबेला खोजीमा जुटिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि उनको पछिल्लो समय घर परिवारसँगको सम्वन्ध राम्रो नभएको खुलेको छ। बिहान ५ बजेतिर घरबाट निस्किएका उनको मोबाइल भने काभ्रेको पनौतीमा भएको देखिएको छ। त्यसपछि भने उनको मोबाइल अफ भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077