Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश-१ मा थपिए ३१५ काेराेना संक्रमित, ५१६ डिस्चार्ज

    प्रदेश-१ मा थपिए ३१५ काेराेना संक्रमित, ५१६ डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 2K
    SHARES

    विराटनगर । प्रदेश एकमा ३१५ जना काेराेना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ५१६ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमितमा १२४ महिला र १९१ जना पुरुष छन् ।

    थपिएका सङ्क्रमितमा मोरङमा १०० मध्ये विराटनगरमा ६३, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा तीन, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा दुईरदुई, इलाम र पाँचथरमा एक/एक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



    यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५१३ पुगेको छ भने अहिलेसम्ममा १५ हजार ३१५ जना निको भएर घर फर्किएका छन् । अहिले पनि यस प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १९८ रहेको छ ।



    पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा एक हजार १७९ जनासहित एक लाख ७३ हजार ६७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

    आज होमआइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या ५१० छन् भने छ जना अन्य स्थानबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार