Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युवतीलाई बिदेश पठाउने आश्वसन दिएर जबर्जस्ती यौन व्यबसायमा लगाउने ३ जना पक्राउ

    युवतीलाई बिदेश पठाउने आश्वसन दिएर जबर्जस्ती यौन व्यबसायमा लगाउने ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ कार्तिक २०७७
  • 2.7K
    SHARES

    कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले बिदेश पठाउने भन्दै युवतीलाई जबर्जस्ती यौन व्यबसायमा लगाउने ३ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा कास्कीकाे मादी गाउँपालिका-१ खेलुङका २१ वर्षीय जीवन नेपाली, काभ्रे पाँचखल-४ तामाघाटका २६ वर्षीय आशिष भुजेल र कास्की पोखरा महानगरपालिका-४ बगालेटोलकी ३० वर्षीय अन्जु गुरुङ रहेका प्रहरीले जनाएकाे छ ।



    प्रहरीका अनुसार उनीहरूले २ जना नेपाली महिलाहरुलाई रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकम समेत आफैले उपलव्ध गराईदिने भनि बिभिन्न प्रलोभनमा पारी पोखरा पुर्याएका थिए ।



    तर उनीहरूले जबरजस्ती बेश्याबृतिमा संलग्न गराउने उदेश्यले लेकसाइडकाे एउटा कोठामा बन्धक बनाई शारिरीक तथा मानसिक यातना दिएकाे र रकमको मोलमाेलाई गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

    यसबारे थप अनुसन्धान भईरहेको र पिडित महिलाहरुलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाउने तयारी भईरहेको प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार