Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नाबालिकामाथि यौन दुर्ब्यबहार गरेको आरोपमा चितवनबाट एक शिक्षक पक्राउ

    नाबालिकामाथि यौन दुर्ब्यबहार गरेको आरोपमा चितवनबाट एक शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.5K
    SHARES

    चितवन ।  बाल यौन दुर्ब्यबहार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगर पालिका वडा नं. १ बरुवास्थित सोमेश्वर उच्च माबिका शिक्षक सुरज लामिछानेलाई नाबालिका छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा  पक्राउ गरेको हो ।



    कक्षा ९ अध्यनरत १५ बर्षीय नाबालिकालाई सोही स्कुलमा कार्यरत शिक्षक लामिछानेले बाल यौन दुर्व्यबहार गरेको भनि  नाबालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालयमा आईतबार लिखित जाहेरी दिएका थिए।



    जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता एवं डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

    लामिछानेलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको डिएसपी अधिकारी जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार